९ माघ २०८२, शुक्रबार
समाचार समाज

कैलालीमा युवकबिच कुटाकुट हुँदा ३ जना घाइते, २ जना फरार

२२ भाद्र, धनगढी । कैलालीमा चार जना युवकबिच कुटाकुट भएको छ। कुटाकुटबाट तीन जना घाइते भएका छन्। शुक्रबार राति साढे ११ बजेकोे समयमा जिल्लाको घोडाघोडी नगरपालिका–४ को रामपुरमा युवकबिच कुटाकुट भएको हो।

सोही ठाउँ बस्ने २२ वर्षीय राजेन्द्र साउदसहितका चार युवकबिच कुटाकुट भएको थियो।कुटाकुटबाट साउँद, सोही ठाउँ बस्ने २४ वर्षीय मोहन रावल र गैडाखेडाका २३ वर्षीय कुबेर शाही घाइते भएका छन्। घाइते राजेन्द्र साउँद र कुबेर शाहीको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको छ।

उनीहरुमध्ये मोहन रावलको अवस्था गम्भीर भएपछि निसर्ग अस्पताल धनगढी पठाइएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ। कुटपिटमा संलग्न सोही ठाउँ बस्ने अमिर धामी र सागर खत्री भने फरार छन्। फरार दुबै जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि