६ पुष २०८२, आईतवार
समाचार समाज सुदूरपश्चिम

धनगढीको तालमा डुबेर गोदावरीका एक जनाको मृत्यु

२२ भाद्र,काठमाडौं ।  धनगढीको तालमा डुबेर गोदावरीका एक जनाको मृत्यु भएको छ । शनिबार गोदावरी नगरपालिका– ८ श्रीपुरका अन्दाजी २८/३० वर्षका कमल चौधरीको धनगढी उपमहानगरपालिका– ३ स्थित नेतुवा तालमा डुबेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार उक्त व्यक्ति तालमा डुबेको खबर पाएलगत्तै प्रहरी सहायक निरिक्षक भुपेन्द्र शाहीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा गएको थियो । स्थानिय र नगरप्रहरीको सहयोगमा उक्त तालमा खोजतलास गर्दा चौधरीलाई मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यसअघि नाम थर नखुलेका ति व्यक्तिको पहिचान उनको दाई सिताराम चौधरीले गरेको र उनका अनुसार मृतकको मानसिक अवस्था कमजोर रहेको बुझिएको प्रहरीले बताएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि