९ माघ २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

भुइमान्छे मन्त्री भएको छु, जनआवाजको सम्बोधन गर्छु : मन्त्री राई

काठमाडौं । रक्षामन्त्री मानवीर राईले पार्टीका सिद्धान्तहरु पालना नगर्दा असन्तुष्टिका जनआवाजहरु आउन थालेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नयाँ, पुरानो सबै पार्टीको उद्देश्य र सिद्धान्तहरु राम्रो भएको भन्दै त्यसको पालनामा अभावको कारण समस्या आएको बताए ।

उनले भने, ‘नयाँ, पुरानो सबै पार्टीको सपथ, उद्देश्य र सिद्धान्तहरु राम्रो छन् । तर त्यसलाई पालना नगर्दा कता कता अल्मलिएर असन्तुष्टिका जनआवाजहरु आउन थालेका छन् । यसमा ध्यान दिनुपर्छ । म जस्तो भुइमान्छेले मन्त्रालय सम्हाल्दा थप जिम्मेवारीको बोध पनि छ ।’

यस्तै, उनले धेरै ठूलो इज्जत हासिल गर्न नसकेपनि पुरानो कुरालाई नबिगार्ने, नभत्काउने र नघटाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, ‘गोर्खे खुकुरीवालाहरुको धेरै ठूलो इज्जत छ । त्यही हासिल गर्न नसकौला तर धेरै परिवर्तन नगरेपनि, थप विकास नगरेपनि पुरानो कुरालाई नबिगार्ने, नभत्काउने, पुरानो ठाँउबाट तल नघटाउने प्रतिबद्धता जनाउन चाहन्छु ।’

उनले सरकारले नियम र विधि अनुसार नियमन गर्ने हिसाबले गम्भीर छलफलका साथ अहिलेको मन्त्रिपरिषद्ले टिकटकलाई खोलेको बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि