९ माघ २०८२, शुक्रबार
समाचार समाज

कैलालीको भासु भिरमा जीप र हाइस एक आपसमा ठोकिए

धनगढी । कैलाली भासु भिरमा जीप र हाइस एक आपसमा ठोकिएका छन् । कैलाली चुरे ३ मा जोरायलबाट धनगढी आउँदै गरेको जीप र धनगढीबाट डडेल्धुरा जादै गरेको हाइस एक आपसमा ठोकिएका हुन्  ।

कञ्चनपुरका ३२ बर्षीय सुप्रिम रानाले चलाएको म.१ ज.४०७ नम्बरको जीप र डडेल्धुराका २५ बर्षीय दशरथ भट्टले चलाएको सु.प.प्र.०४ ००१ ज.००३४ नम्बरको हाइस चुरे ३ भासु भिरमा एक आपसमा ठोकिएका प्रहरी नायव उपरीक्षक कविन्द्र बोहराले जानकारी गराए ।

घाइतेको अत्तरीयामा रहेको पद्मा अस्पतालमा उपचार भैरेहेको र बाँकी सकुसल यात्रुुहरुलाई गन्तव्यतर्फ पठाइएको छ । साथै सवारी र सवारी चालकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय फल्टुडेबाट खटिएको प्रहरी साहायक निरीक्षक प्रेम कुमार शाहको प्रहरी टालीले थप अनुसन्धान गरीरहेको प्रहरी नायव उपरीक्षक बोहराले जानकारी दिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि