९ माघ २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

मापदण्ड पूरा गरेन भनेर अस्पताल नै बन्द गर्न सम्भव छैन : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कुनैपनि निजी अस्पतालले मापदण्ड पूरा गरेन भनेर अस्पताल नै बन्द गर्न सम्भव नरहेको बताएका छन् ।

काठमाडौंमा आयोजित एसोशिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)को २६ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले निजी क्षेत्रको ठूलो उपस्थिति रहेको भन्दै मापदण्ड पूरा गरेन भनेर अब अस्पताल नै बन्द गर्न सम्भव नरहेको बताएका हुन् ।

पहिला सरकारले स्वीकृति दिँदा मापदण्डका बारेमा कडा हुन नसकेको र अहिले यहाँसम्म आइपुग्दा कडा हुन खोजेर सम्भव नहुने बताए ।

उनले भने,‘निजी क्षेत्रको सबै सेक्टरमा महत्वपूर्ण योगदान छ । स्वास्थ्यको दायरा बढाउन, सञ्चार एवम बैंकहहरुको दायरा बढाउने काम निजीले नै गरेका हुन् । नीतिगत रुपमा नेपाली कांग्रेसले नै यसलाई प्रवेश गराएको हो । यसको ठूलो उपस्थिति छ । कुनै अस्पतालले मापदण्ड पूरा गरेन, जग्गा पुगेन, भवन पुगेन भनेर अब अस्पताल बन्द हुन सक्छ ? सक्दैन् । पहिला स्वीकृति पनि त सरकारले नै दिएको हो । पहिले स्वीकृति दिँदा मापदण्डका बारेमा कडा हुन नसक्ने अहिले चलेर यहाँसम्म आयो अब कडा हुन खोजेर सम्भव छैन् ।’

उनले निजी क्षेत्रको लक्ष्य पनि नागरिकलाई सेवा सुविधा दिने नै रहेको भन्दै यस क्षेत्रलाई बाँध्ने भन्दा पनि खुकुलो छाडेर लगानीको दायरा बढाउनुपर्ने धारणा राखे । मन्त्री पौडेलले नेपालमा गुणस्तरहीन स्वास्थ्य भन्ने भाष्य निर्माण भएको भन्दै स्वास्थ्य कहिल्यै गुणस्तरहीन नहुने बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि