४ चैत्र २०८२, बुधबार
मुख्‍य समाचार समाचार

पृथ्वी राजमार्गका दुई ठाउँमा पहिरो जाँदा सडक अबरुद्ध

२१ भाद्र,  काठमाडौं । अविरल वर्षका कारण खसेको पहिरोका कारण पृथ्वी राजमागको महादेवबेसी गजुरी सडक खण्ड अवरुद्ध भएको छ ।

बिहानदेखी निरन्तर परेको वर्षाले सिम्ले बजार नजिकै चट्टान सहतिको पहिरो खस्दा सो सडक अबरुद्ध भएको हो । पहिरोका कारण अवरुद्ध सडक खुलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध भएपछी राजधानी प्रवेशका लागी आएका र राजधानीबाट बाहिरिएका सबै सवारीका साधनहरु ठप्प छन् ।

यसैगरी चितवनको ईच्छाकामना गाउँपालिकास्थित बडा नम्वर ४ मा पर्ने घेप्टेभीरमा पनि पहिरोका कारण सडक बन्द भएको छ ।

सो स्थानमा पनि वर्षाका कारण सडक अवरुद्ध भएपछि नौविसे- मुग्लिन सडकखण्ड समेत ठप्प भएको छ । दुवै स्थानमा खसेको पहिरो हटाउने प्रयास भईरहेको प्रहरीले जानकारी दिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि