२४ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार राजनीति समाचार

सरकारले गरेका निर्णयको कार्यान्वयन गर्न कर्मचारीहरूलाई देउवाको निर्देशन

२० भाद्र, काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले गरेका निर्णय कार्यान्वयन गर्नु कर्मचारीको कर्तव्य भएको बताएका छन् ।

पार्टी निकट नेपाल निजामती कर्मचारी युनियन (संघ) को स्थापना दिवसका अवसरमा हिजाे आयोजित कार्यक्रममा उनले कर्मचारी स्थायी सरकार भएकाले सरकारले गरेका निर्णय लागू गर्नु कर्मचारीको कर्तव्य भएको बताए ।

सभापति देउवाले बहुदलीय प्रजातान्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा काँग्रेस र एमालबीच कुनै मतभेद नरहेको बताए । उनले देशको अवस्था चुनौतीपूर्ण रहेकाले कर्मचारीमा अझ यसको प्रभाव पर्ने बताए । चुनौतीलाई बुझेर काम गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

सभापति देउवाले काँग्रेस र एमाले  मुख्य प्रतिस्पर्धी राजनीतिक दल मुलुकको समस्या समाधानका लागि एक ठाउँमा उभिएको बताए । उनले मुलुकको राजनीतिबारेमा कुनै चिन्ता नलिईकन सरकारले गरेका निर्णयको कार्यान्वयन गर्न कर्मचारीहरूलाई निर्देशन दिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि