८ माघ २०८२, बिहीबार
समाचार समाज

बैतडीमा टेलिकमको टावरमा तोडफोड

बैतडी- बैतडीको सिगास गाउँपालिका–१ जुकेपानीमा रहेको नेपाल टेलिकमको टावरमा तोडफोड गरिएको छ ।

टावर तोडफोड गरिएको अवस्थामा बैङ्कका कर्मचारीले देखेका हुन् । कृषि विकास बैङ्कमा भदौ १५ गतेबाट इन्टरनेट नचलेपछि बैङ्कका कर्मचारी टावर हेर्न जाँदा टावरमा राखिएको बैङ्कको सर्भर उपकरण समेत तोडफोड गरिएको अवस्थामा भेटिएको थियो ।

प्रहरी टोली घटनास्थल गएको र थप अनुसन्धान थालिने जिल्ला प्रहरी कार्यालय बैतडीका इन्सपेक्टर खेमविक्रम केसीले बताए । प्रहरीले तोडफोड व्यक्ति वा समूह कसले गरेको हो भन्ने एकीन हुन नसकेको जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि