८ माघ २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

अरनिको राजमार्ग मर्मत गर्न २ दिन टिपर र मालबाहक गाडी निषेध

१९ भदौ, काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्डमा दुई दिन टिपर र मालबाहक सवारीसाधन सञ्चालन गर्न नपाइने भएको छ ।

सडक डिभिजन कार्यालय भक्तपुरले २० र २१ भदौमा टिपर र मालबाहक गाडी सञ्चालनमा रोक लगाएर सडक मर्मत गर्न लागेको हो ।

निमार्ण व्यवसायीको लापरबाहीका कारण बर्खाको समयमा सडक जीर्ण भएर काठमाडौंबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र चीन जोड्ने तातोपानी नाका जाने प्रमुख सडक जोखिमपूर्ण छ । जसका कारण  यात्रुहरू जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

निर्माणाधिन धुलिखेल-खावा सडकखण्ड अत्यन्तै जीर्ण भएकोले सडक निर्माणमा सहयोग गर्न सबैसँग सडक डिभिजन कार्यालय भक्तपुरले अनुरोध समेत गरेको छ ।निर्माण सामग्रीको ढुवानी गर्ने टिपरका साथै चीनको खासा हुँदै नेपाल भित्रिने वस्तुको ढुवानी गर्ने कन्टेनर उक्त सडकमा उच्च चाप हुने गरेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि