२४ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार राजनीति समाचार समाज

भाषा आयोगले बुझायो राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन

१९ भदौ, काठमाडौं ।  भाषा आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई आयोगको वार्षिक प्रतिवेदन बुझाएको छ ।

बुधबार राष्ट्रपति पौडेललाई आयोगका अध्यक्ष गोपाल ठाकुरले वार्षिक प्रतिवेदन बुझाएका हुन् ।

भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले प्रतिवेदन बुझाउँदै कार्यक्रमहरु तर्फ बजेट कम रहेकोले कामहरु धेरै मात्रामा गर्न असफल रहेको उल्लेख गरे । उनले २०८० र ८१ मा कार्यक्रमहरु तर्फ बजेट कम रहेको बताए ।

उनले  भने, ‘२०८० र ८१ मा कार्यक्रमहरु तर्फ बजेट शुन्यता रह्यो, त्यसकारण हामीले अपेक्षित हाम्रा कार्यक्रमहरु थिए तर, बजेट अभावले  ती कार्यक्रमहरु अगाडि बढाउन सकेनौं । लोप हुन लागेका भाषाहरुको रक्षाका लागि त्यसमा गर्नुपर्ने अभिमुखिकरणका कामहरु  र त्यसैगरी भाषाको पुस्तान्तरणका लागि संचालित हुँदै  आएका कक्षाहरु  जस्ता कामहरु हामीले अगाडि बढाउन सकेनौं ।’

साथै उनले प्रदेश सरकार र स्थानिय सरकारहरुसंगको सहकार्यमा मातृभाषा शिक्षाका लागि अभिमुखिकरणका कामहरु  गरेको बताए । उनले पहिलादेखि कक्षा संचालन भएका ठाउँमा अनुगमन गर्न सफल भएको बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि