८ माघ २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

शिर मेमोरियल अस्पताललाई एशियाली स्तरको अवार्ड प्राप्त

१९, भाद्र, काठमाडौँ । बनेपामा रहेको काभ्रे जिल्लाकै पुरानो शिर मेमोरियल अस्पतालले ग्रामीण समुदायमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराएकोमा एशियाली स्तरको अवार्ड प्राप्त गरेको छ ।

ग्रामीण समुदायमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराएवापत एशियाली स्तरमा १५ देशका १ सय १३ वटा अस्पतालबाट ३ सय ७ जना सहभागी मध्ये बनेपाको शिर मेमोरियल अस्पतालले उत्कृष्ट भई अवार्ड प्राप्त गरेको हो ।

शिर मेमोरियल अस्पतालले महिला स्वास्थ्य परियोजना मार्फत २०२३ जनवरी देखि २०२४ जुनसम्ममा विभिन्न संघ संस्थाको समन्वयमा नेपालका विभिन्न जिल्लाका १२ हजार ८ सय महिलाहरुको स्वास्थ्य परीक्षण गरेको मेडिकल डाईरेक्टर डा. एन्जिला बस्नेतले जानकारी दिनुभयो ।

अस्पतालले ग्रामीण समुदायमा पुगेर पाठेघर झर्ने तथा पाठेघरको मुखको क्यान्सर भएका महिलाहरुको परीक्षण, पहिचान र उपचारका लागि निरन्तर प्रयास गरेको जसमध्ये पाठेघरको मुखको क्यान्सर सम्वन्धी ८ हजार ५ सय ५० जनालाई परीक्षण गरिएको छ ।

नेपाल, फिलिपिन्स, इन्डोनेशिया र थाईल्याण्ड उत्कृष्ट अवार्डका लागि छनौट भएका थिए । छनौट भएका देशहरुमध्ये पनि नेपालको शिर मेमोरियल अस्पतालले उक्त अवार्ड प्राप्त गरेको हो ।

अस्पताल ब्यवस्थापन एशियामा समुदायको संलग्नतामा उत्कृष्ट भई पहिलो स्थान हासिल गर्दै स्वर्ण विजेताको उपाधीसहित सबैभन्दा प्रतिष्ठित अवार्ड प्राप्त गरेको हो । अवार्डका लागि विभिन्न चरणहरु पार भएका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि