५ चैत्र २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र,  चीन । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलबार एउटा स्कुल बस मानिसहरूको भिडसँग ठोक्किदा ११ जना अभिभावक र विद्यार्थीहरूको ज्यान गएको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

राज्य प्रसारणकर्ता सिसिटिभीले बिहान ७:२७ बजे (स्थानिय समय) शानडोङ प्रान्तको ताइआन सहरको विद्यालय पुग्दा ड्राइभरले गाडीको “नियन्त्रण गुमाएको” बताएको छ ।

सिसिटिभीका अनुसार बस सडक छेउमा अभिभावक र विद्यार्थीहरुको भिडसँग ठोक्किएको थियो ।

“हालसम्म ११ जनाको मृत्यु भएको छ, जसमध्ये छ जना अभिभावक र पाँच जना विद्यार्थी थिए”, प्रसारणकर्ताले जनाएको छ । साथै घाइते हुनेमध्य एक व्यक्तिको अवस्था “गम्भीर“ रहेको र अन्य १२ जनाको अवस्था सामान्य रहेको बताएको छ ।

सामाजिक सञ्जालमा प्रसारण भएको फोटो र भिडियोमा रगतले लतपतिएका मानिसहरू खैरो बस नजिकै सडकमा लडेको देखाइएको छ ।

ड्राइभरलाई स्थानीय प्रहरीले पक्राउ गरेको र घटनाको अनुसन्धान भईरहेको सिसिटिभीले जनाएको छ ।

कमजोर सुरक्षा मापदण्ड र अव्यवस्थित चलाईका कारण देशमा घातक सडक दुर्घटना बारम्बार हुने गरेका छन् ।

गत जुलाईमा चीनको  मध्य सहर चाङ्सामा एउटा गाडी पैदल यात्रीहरूसँग ठोक्किदा आठ जनाको मृत्यु र पाँच जना घाइते भएका प्रहरीले जनाएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि