८ माघ २०८२, बिहीबार
समाचार समाज

धनगढीमा फोहोर व्यवस्थापन गर्ने कर्मचारीकाे मृत्यु

१८ भाद्र, काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिकामा फोहोर व्यवस्थापन केन्द्रमा काम गर्ने पुरुष एक्कासि ढलेर मृत्यु भएको छ ।

सोमबार साँझ धनगढी उपमहानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र पटेलामा काम गर्दै आएका भजनी नगरपालिका – ८ घर भई हाल धनगढी उप–महानगरपालिका १७ धुर्जन्नामा बस्दै आएका झलीराम चौधरीको मृत्यु भएको हो ।

उनको कोठाबाट काम गर्ने स्थान जाने क्रममा एक्कासि ढलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । मृतकको श्रीमती आशा चौधरीले नै झलीरामको एक्कासि ढलेर मृत्यु भएको खबर दिएपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि