६ फाल्गुन २०८२, बुधबार
अन्तर्राष्ट्रिय समाचार

इजरायलमा प्रधानमन्त्री नेतन्याहुविरुद्ध प्रदर्शन

भदौ १७,  एजेन्सी । इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सरकारको विरुद्धमा प्रदर्शन भइरहेको छ । हजारौँ मानिस सडकमा आएर विरोध प्रदर्शन गरिरहेका छन् । गाजामा बन्धक बनाएका ६ जनाको शव भेटिएपछि हिजोदेखि प्रदर्शन चर्किएको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सरकारले बन्धकहरूलाई रिहा गर्न विद्रोही लडाकु समूह हमाससँग सम्झौता गर्नुपर्ने नागरिकको मुख्य माग छ । तेल अवीव, जेरुसेलम र अन्य धेरै शहरहरूमा इजरायली झण्डा बोकेर प्रदर्शनकारीहरू निस्किएका छन् । हिजो शान्तिपूर्ण रुपमा आन्दोलन शुरु भए पनि प्रदर्शन चर्किएर तेल अवीवका प्रमुख राजमार्गहरू अवरुद्ध भएका बीबीसीले जनाएको छ ।

प्रधानमन्त्री नेतन्याहु र उनको सरकारले बन्धकहरूको रिहाइका लागि हमाससँग सम्झौता गर्न पहल नगरेको आरोप प्रदर्शनकारीको छ । गएको वर्ष अक्टोबर ७ तारिखमा इजरायलमा हमासले आक्रमण गरेपछि गाजामा सयौँ मानिसलाई बन्धक बनाएको थियो । यसैबीच इजरायलको ट्रेड युनियनले हमाससँगको सम्झौताका लागि सरकारलाई दबाब दिन भन्दै आज देशव्यापी हडताल गरेको छ ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि