६ फाल्गुन २०८२, बुधबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

इजरायलमा आम हडताल, उडान ठप्प

काठमाडौं (सीसीटीभी प्लस)। इजरायलको शक्तिशाली हिस्टाड्रट ट्रेड युनियनको आयोजनामा आम हडतालको आव्हन गरिएको छ । गाजा बन्धकहरूको समर्थनका लागि हडताल आव्हान गरेको हो ।

आमहडतालका क्रममा इजरायलका शिक्षण संस्था, व्यापार व्यवसाय, यातायात व्यवस्था ठप्प भएको छ । इजरायल सरकारले हजारौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

हमासद्वारा बन्धक बनाइएका ६ बन्धकको शव फेला परेपछि उनीहरुको रिहाइ र सुरक्षाका लागि सम्झौता गर्न सरकारलाई दबाब दिइएको छ । हडतालका क्रममा इजरायलबाट हुने सम्पुर्ण उडानसम्म ठप्प पारिँदा यात्रुहरु अलपत्र परेका छन् ।

हमासको कब्जामा रहेका बन्धकमध्ये एकपछि अर्को गर्दै शव फेला पर्नुमा इजरायल सरकारको लाचारीपन भन्दै आगामी दिनमा सशक्त आन्दोलन गर्ने चेतावनी युनियनले दिएको छ ।

ब्यानर र बन्धकहरूको तस्बिर बोकेर नारा लगाउँदै आन्दोलनकारीहरुले पश्चिम जेरुसेलममा इजरायली संसद भवन अगाडि प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरूले इजरायली सरकारलाई कारबाही गर्न र हमाससँग सम्झौता गर्न माग गरे ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि