२६ फाल्गुन २०८२, मंगलवार
राजनीति समाचार

गगन थापाले भने-एमाले र काँग्रेस प्रतिस्पर्धी दल भएकाले गठबन्धन जोगाउन चुनौतीपूर्ण छ

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमाले र काँग्रेस प्रतिस्पर्धी दल भएकाले गठबन्धन जोगाउन चुनौतीपूर्ण कार्य भएको बताएका छन् ।

आइतबारको पार्टी केन्द्रीय समिति बैठकमा बोल्दै उनले क्याम्पसदेखिनै प्रतिस्पर्धी दलभएको विषय सत्तामा गएकाहरूले ख्याल गर्नुपर्ने बताए । उनले ०८४ को निर्वाचनको प्रतिस्पर्धी पनि एमाले नै भएको बताए ।

‘ओली सरकारलाई सफल बनाउनु छ । सभापति प्रधानमन्त्री बनेपछि पनि सफल बनाउनु छ । ०८४ मा एमालेसँग चुनाव लडेर फेरि जितेर आउनु छ । पार्टीको आइडेटीटी पनि जोगाउनु पर्ने छ ‚’ उनले भने ।

उनले संविधान संशोधन हुन्छ कि हुँदैन भन्नेमा आफू जानकार नभए पनि देश संविधान संशोधनको बहसमा प्रवेश गरेको बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि