२० माघ २०८२, मंगलवार
कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

कोशी प्रदेशमा अब ट्रायल पासलगत्तै अस्थायी लाइसेन्स

१६ भदौं, विराटनगर । कोशी प्रदेशमा अस्थायी सवारी चालक अनुमति पत्र (लाइसेन्स) बाडिने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सवारी लाइसेन्सको ट्रायल पास भएकालाई अस्थायी लाइसेन्स बाड्ने तयारी गरेको हो ।

यसरी वितरण गरिने अस्थायी लाइसेन्सको अवधि एक वर्षको हुनेछ । ट्रायल पास भएकालाई स्माटकार्ड (लाइसेन्स) भने यातायात व्यवस्था विभागले नै बाड्नेछ । कोशी प्रदेशमा दुई वर्षदेखि ट्रायल पास गरेकाहरु स्मार्ट कार्डको प्रतिपक्षामा छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशका निमित्त सचिव  कमल थापाका अनुसार अब नयाँ ट्रायल पास गर्नेहरुलाई अस्थायी कार्ड दिइनेछ । यसअघि ट्रायल पास भएको कागज वितरण गरिन्थ्यो ।

अस्थायी कार्ड वितरणको परीक्षण यातायात कार्यालय विराटनगरबाट सुरु भएको छ । ‘ट्रायल पास गरेकालाई क्यूआर कोडसहितको एक वर्षको अस्थायी कार्ड वितरण गर्दैछौं,’ उनले भने,‘ विराटनगरमा परीक्षण गरि अन्य कार्यालयहरुमा पनि पठाउँछौं।’

शनिबार ट्रायल पास गरेकाहरुलाई आजबाट परीक्षणको रुपमा अस्थायी कार्ड छपाएर वितरण गरिनेछ । अस्थायी कार्डका लागि यातायात कार्यालय विराटनगर शाखालाई मेसिनसहित तीन हजार अस्थायी कार्ड  पठाएको  थियो।

यातायात व्यवस्था विभागले आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई अस्थायी लाइसेन्स वितरण गर्न गत वैशाखमा परिपत्र गरेको थियो । अस्थायी कार्ड छपाइ गरी वितरण गर्न प्रदेश सरकारले ११ वटा प्रिन्टर मेसिन र कार्ड खरिद गरेको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि