१० पुष २०८२, बिहीबार
अर्थ मुख्‍य समाचार राजनीति समाचार

वर्षमा तीनजना अर्थमन्त्री फेरिने परिपाटी अब रोकिन्छ : अर्थमन्त्री

१६ भदौ, काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले वर्षमा तीन जनासम्म अर्थमन्त्री फेरिने परिपाटी अब रोकिने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले वर्तमान सरकार स्थायित्वका लागि गठन भएकाले मन्त्री फेरिने परिपाटी अब रोकिने बताएका हुन् ।

अस्थिरताको मार अर्थतन्त्रमा पनि परेको भन्दै उनले अहिले बजारमा त्यसकै असर कायम रहेको बताए ।  ‘वाह्य क्षेत्र सबल हुँदाहुँदै पनि माग बढ्न नसकेको गुनासो छ,’ उनले भने, ‘यो अस्थिरताकै असर हो ।

उनले निजी क्षेत्रलाई अब गुनासो छोडेर योगदानमा लाग्न समेत सुझाव दिए । सरकारले निजी क्षेत्रको सबै कुरा सुनिरहेको र सुन्ने भन्दै उनले अब गुनासो छाड्न आग्रह गरे ।पहिलोपटक मौद्रिक नीतिलाई सबैले स्वागत गरेको भन्दै उनले सकारात्मक पहल यसबाटै शुरु भएको बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि