८ माघ २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

चाँगुबासीलाई पहिरो रोक्न प्लाष्टिकको भर, हेटेको छैन डर

१६ भाद्र,  काठमाडौं । चाँगुनारायण नगरपालिकाले १४ हजार ८ सय ७५ मिटर प्लाष्टिक वितरण गरेको छ । अधिक वर्षाका कारण यस नगरपालिकाको वडा नं ९, ताथली, बनमाला टोललगायतका ढलान बाटो मुनी बारम्बार पहिरो जाने गरेको छ ।

पहिरो गएपछि स्थानीय त्रसित बनेका छन् । तर जोखिम बढेपछि तत्कालका लागि प्लाष्टिक र त्रिपालले सो ठाउँ ढाकेर डर छोप्ने काम भएको छ । तत्कालको जोखिम कम गर्न त सकियो तर भारी वर्षा आएपछि जोखिम झन् बढेर गएको छ ।

यसैगरी ताथली सिसौघारीको ढलान बाटो पनि भत्किएको छ । भण्डारी—कार्की टोल जाने सडकको अवस्था झन नाजुक बनेको छ । सडक बिच्छेद भएपछि वडा कर्याालयले बैकल्पिक बाटो प्रयोग गर्न वडाबासीलाई अुनरोध गरेको छ ।

यता चाँगुनारायण नगरपालिका वडा नं ८, दुलाल गाँउमा घर मुनी र घरमाथि पहिरो गएको छ । पानीको निकास व्यवस्थापन गरी स्थानीयले पहिरो जोखिम न्यूनीकरण कार्य गरेका छन् । यसमा नगरपालिको प्लाष्टिक र त्रिपाल थोरै भएपनि उपलब्ध गराएको छ ।

उता चाँगुनारायण नगरपालिका वडा नं ६, नगरकोटको भट्टेडाँडा चोकमा केहि समय पहिले पहिरो गयो । पहिरोले एउटा मोटरसाइकलसमेत बगाएको थियो । नगरपालिकाका विभिन्न वडाहरुमा भएको विपद्का घटनाहरु अहिले उदाहरण बनेका छन् ।

वर्षा अझै हुन सक्ने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ । यस्ता घटनाहरु बढिरहेका छन् । पहिरोको पीडामा चाँगुनारायणबासी कहिलेसम्म त्रिपालको भरमा बस्ने चिन्ताको विषय बनेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि