८ माघ २०८२, बिहीबार
समाचार समाज

मुख्यसचिव नियुक्ति विवादः सचिव भट्टराईले पनि दिए राजीनामा

१५ भाद्र, काठमाडौं  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराईले राजीनामा दिएका छन् । मुख्यसचिव नियुक्ति विवादमा उनले राजीनामा दिएका हुन् ।

भट्टराई पनि मुख्यसचिवको दाबेदार रहेकोमा सरकारले एकनारायण अर्याललाई नियुक्त गरेको थियो । बरिष्ठताको वरियतामा अर्याल चौथो नम्बरमा थिए । पहिलो नम्बरमा डा. तोयनारायण ज्ञवाली, दोस्रोमा दिनेश भट्टराई, तेस्रोमा रामकृष्ण सुवेदी र चौथोमा एकनारायण थिए ।कार्यक्षमता राम्रो भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अर्याललाई छानेका हुन् ।

पहिलो नम्बरमा रहेका ज्ञवालीले बिहीबार नै राजीनामा दिएका छन् । भट्टराईले शुक्रबार राजीमा दिएका हुन् । उनको पदावधी तीन महिना बाँकी थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि