६ फाल्गुन २०८२, बुधबार
अन्तर्राष्ट्रिय समाचार

पाकिस्तानमा पहिरोमा परी १२ जनाको मृत्यु

काठमाडाैं । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा शुक्रबार बिहान गएको पहिरोमा परी १२ जनाको मृत्यु भएको छ ।

सरकारी उद्धार संस्था रेस्क्यु ११२२ ले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “विगत केही दिनदेखि भारी वर्षा भइरहेको माथिल्लो दिर जिल्लामा पहिरोमा तीन महिला, छ बालबालिका र तीन पुरुष गरी १२ जनाको मृत्यु भएको छ ।”

पहिरोमा परी मृत्यु भएका उनीहरू एकै परिवारका सदस्य थिए र घरभित्र सुतिरहेका थिए । भग्नावशेषबाट सबै शव निकालिएको र पहिरोले ल्याएको माटो र ढुङ्गाको थुप्रोलाई हटाउने काम जारी छ ।

पाकिस्तानका केही भागमा अहिले मुसलधारे वर्षा भइरहेको छ, जसका कारण धेरै जिल्लामा आकस्मिक बाढी, डुबान र पहिरोको समस्या देखिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि