१४ चैत्र २०८२, शनिबार
समाचार समाज

बीमाको लोभमा आफ्नै पसलमा आगो लगाउने दुईजना कारागार चलान

१५ भाद्र, ललितपुर । बीमा रकम दाबीका लागि आफ्नै पसलमा आगजनी गर्ने दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

पोखरा महानगरपालिका–१७ निवासी ३६ वर्षीय सुजन गहतराज र ४३ वर्षीय पवन नेपाललाई जिल्ला अदालत कास्कीको आदेशानुसार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।

गत साउन १६ गते बिहान पोखरा-६ वैदामस्थित नारेश्वरमा डा थानेश्वर पहारीको घर भाडामा लिएर गहतराजले सञ्चालन गर्दै आएको मुक्तिनाथ सपिङ सेन्टरमा बीमावापतको रकम असुल्नका लागि पसलमा आगजनी गरेको पुष्टि भएपछि दुवै जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा हिमालयन एभरेष्ट इन्स्योरेन्स पोखरा शाखा कार्यालयमा पसल सञ्चालकले रु दुई करोड १० लाख बराबरको पसलको बीमा गरेको र सो रकम पाउनका लागि आगलागी गराएको स्वीकार गरेका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि