८ माघ २०८२, बिहीबार
समाचार समाज

बाटो क्रस गर्दा दुर्घटना, एक बालक र मोटरसाइकल चालक घाइते

काठमाडौँ । कैलालीको धनगढीमा बाटो क्रम गरिरहेका बालकलाई मोटरसाइकलले ठक्कर दिएको छ । धनगढी उप–महानगरपालिका – १ पुरानो एयरपोर्ट नजिक सुपप्र।०१–०१० प ३४४१ नम्बरको मोटरसाइकलले पैदल यात्री जोशीपुर गाउँपालिका – ५ घर भई हाल धनगढी उपमहानगरपालिका – ५ बस्ने ११ वर्षीय प्रिन्स धामीलाई ठक्कर दिएको हो ।

मोटरसाइकलको ठक्करबाट घाइते भएका बालकको निधार, हात र खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक धनगढी उप–महानगरपालिका १ का ५१ वर्षीय मेख नाथ बडाल पनि घाइते भएका छन । उनको मुख, हात र खुट्टामा चोट लागेको छ । दुबै जना घाईतेको सेती प्रादेशिक अस्पताल धनगढीमा प्रहरीले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि