२४ फाल्गुन २०८२, आईतवार
राजनीति समाचार

‘मिसन ८४’ लक्षित कार्यक्रम ल्याउने एमालेको तयारी

काठमाडौं- सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले आमनिर्वाचन २०८४ लक्षित तेस्रो चरणको कार्यक्रम ल्याउने तयारी गरेको छ । यसबारे निर्णय लिन एमालेले आज १ बजे सचिवालय बैठक बोलाएको छ ।

केन्द्रीय कार्यालयको हिजो बसेको बैठकले पार्टीको आगामी कार्यक्रमबारे सचिवालयले निर्णय गर्ने गरी कार्यसूची तय गरेको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सचिवालय बैठकका लागि पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावसम्बन्धी कार्यसूचि तय गरिएको छ ।

मिसन ०८४ को अभियान अन्तर्गत एमालेले गत असारसम्म एकवर्षे विशेष अभियान चलाएको थियो । तेस्रो चरणको अभियानमा नेताहरुलाई आफ्नै भूगोलको जिम्मा दिइनेछ भने सचिवालय बैठकबाट ती नेताहरुले गर्ने कार्यक्रम सार्वजनिक गर्ने तयारी रहेको नेताहरुले बताएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि