२४ फाल्गुन २०८२, आईतवार
राजनीति समाचार

राप्रपा नेपालले ‘मधेस उत्थान विशेष अभियान’ सञ्चालन गर्ने

१२ भाद्र , काठमाडौँ । राप्रपा नेपालले ‘मधेस उत्थान विशेष अभियान’ सञ्चालन गर्ने भएको छ । केन्द्रीय कार्य सम्पादन समितिको बुधवार बसेको बैठकले मधेस उत्थान विशेष अभियानको अवधारणा पत्र र कार्य योजना तयार गर्न उपाध्यक्ष धीरेन्द्र झाको संयोजकत्वमा समिति गठन गरेको छ ।

बैठकले निर्वाचन प्रणालीमा सुधार, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री वा संसदीय प्रणाली, भ्रष्टाचार नियन्त्रण आयोगका एवं संवैधानिक परिषद् र न्यायपरिषदको गठन स्वरूपका बारेमा पार्टीको आधिकारिक धारणा तयार गर्न सुझाव समिति गठन प्रवक्ता बसन्तमान सिंह अधिकारीले जानकारी दिए । उनका अनुसार बुद्धिजीवी वर्ग, पार्टीका विभिन्न तहका कार्यकर्ता र शुभेच्छुक तथा सर्वसाधारण जनताको राय बुझेर समितिले एक महिनाभित्र प्रतिवेदन दिनेछ ।

डा. विष्णु भण्डारी संयोजक रहेको सुझाव समितिमा बसन्तमान सिंह अधिकारी, नरप्रसाद थापा, राजाराम बर्तौला ‘चुनेली’ र जीवछ मिश्र सदस्य रहेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि