८ माघ २०८२, बिहीबार
समाचार समाज

प्रकाश तामाङलाई सहयोग गर्ने कोशी सरकारको घोषणा

१२ भाद्र  काठमाडौँ । ‘हेर्ने कथा’ युट्युब च्यानलमार्फत परिवारसँग सम्पर्कमा पुगेका भोजपुरका प्रकाश तामाङलाई कोशी प्रदेश सरकारले कृषि र पशुपालन व्यवसाय गर्न चाहेमा सहयोग गर्ने घोषणा गरेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो प्रदेशको नागरिकको पीडाबाट आफू मर्माहत भएको भन्दै उनलाई सरकारले सहयोग गर्ने बताए । कोशी प्रदेशभित्र रहेर पशुपालन या कृषि पेसा गर्न चाहेमा सरकारले सहयोग गर्ने कार्कीले बताए ।

संघीय सरकारबाट नागरिकताको लागि पहल भइरहेको र नागरिकता प्राप्त हुने बित्तिकै उनलाई सहयोग दिइने मुख्यमन्त्री कार्कीले बताए । ‘शैक्षिक योग्यता भएको भए सरकारी रोजगारी दिन सकिन्थ्यो’, मुख्यमन्त्री कार्कीले भने, ‘त्यो नभएपछि उहाँको सीपलाई समेत प्रयोग गर्न सक्ने गरी कृषि या पशुपालनमा सहयोग गर्ने तयारी गरेका हौँ ।’

पत्रकार विद्या चापागाईँले गोर्खाको चुमभ्यालीमा भेटेपछि प्रकाशलाई ३५ वर्षपछि परिवारसँग पुनर्मिलन गराएकी थिइन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि