११ मंसिर २०८२, बिहीबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

वेस्ट ब्याङ्कमा जारी इजरायली कारबाहीमा १० प्यालेस्टिनीको मृत्यु : रेड क्रिसेन्ट

१२ भदौ, वेस्ट ब्याङ्क । वेस्ट ब्याङ्कको उत्तरी सहरहरूमा इजरायली सेनाले गरेको कारबाहीमा परी कम्तीमा १० प्यालेस्टिनी नागरिक मारिएको रेड क्रिसेन्टका प्रवक्ता अहमद जिब्रिललले बुधबार बताएका छन् ।

इजरायली आक्रमणमा परी जेनिन सहरमा दुई जना प्यालेस्टिनी, नजिकैको गाउँमा अन्य चार जना र टुबास सहर नजिकैको शरणार्थी शिविरमा थप चार जनाको मृत्यु भएको र अन्य १५ जना घाइते भएको प्रवक्ता जिब्रिलले बताए ।

इजरायली सेनाले बुधबार बिहान उत्तरी वेस्ट ब्याङ्कमा ‘जेनिन र तुलकार्ममा आतङ्कवादविरोधी गतिविधि’ नियन्त्रणका लागि कारबाही गरिरहेको जनाएको छ ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार अक्टोबर ७ मा हमासको आक्रमणपछि इजरायलीद्वारा ६४० भन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भएएछि गाजाको युद्धसँगै वेस्ट ब्याङ्कमा हिंसा बढेको छ ।

इजरायली अधिकारीकाअनुसार सोही अवधिमा प्यालेस्टिनी आक्रमणमा कम्तीमा १९ इजरायली मारिएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि