६ पुष २०८२, आईतवार
प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

बेलडाँडीलाई चिनाउन बेलका बिरुवा रोपिँदै

१२ भदौ, कञ्चनपुर । जिल्लाको बेलडाँडी गाउँपालिकालाई चिनाउन बेलका बिरुवा रोप्ने अभियान सञ्चालन गरिएको छ । अभियानअन्र्तगत पहिलो चरणमा चार सय बेलका बिरुवा रोप्न लागिएको हो । स्थानीय युवा गोकर्ण जोशीको अगुवाइमा अभियान सञ्चालन गरिएको हो ।

सार्वजनिक, बाँझो जग्गामा बेलका बिरुवा रोप्ने कार्य भइरहेको अभियानकर्ता जोशीले बताए । “बेलको घनाजङ्गल भएकाले यस ठाउँको नाम बेलडाँडी रहन गएको हो”, उनले भने, “अहिले बेलका रुखहरु देख्नै नपाइने अवस्था आएकाले अभियान सञ्चालन गरी बिरुवा रोप्न थालेका छौँ ।”

बेलडाँडीको पुरानो पहिचान फर्काउनका लागि अभियान सञ्चालन गरिएको भन्दै बिरुवा खरिद गर्न ‘एक किसान रु एक’ सङ्कलन गरिएको जोशीले जानकारी दिए । उनका अनुसार रकम सङ्कलन अभियानअन्र्तगत हालसम्म रु २३ हजार बढी सङ्कलन भएको छ । हालसम्म रु नौ हजार पाँच सयको बिरुवा खरिद गरिएको उनले बताए ।

बचत रहेको बाँकी रकमबाट दोस्रो चरणमा सञ्चालन हुने बिरुवा रोपण कार्यक्रममा खर्च गरिने अभियानकर्ता जोशीले उल्लेख गरे । गाउँपालिकाका सबै वडामा बेलका बिरुवा रोपिने उनको भनाइ छ । बेल धार्मिक कार्यका साथै औषधिका रुपमा समेत प्रयोग हुँदै आएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि