२४ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार राजनीति समाचार

एकीकृत समाजवादीको महिला उपाध्यक्षमा राई निर्वाचित, झाँक्री पराजित

१२ भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)मा पदाधिकारीका लागि भएको निर्वाचनमा महिला उपाध्यक्षतर्फ जयन्ती राई निर्वाचित भएकी छन् । उनीसँग प्रतिस्पर्धा गरेकी रामकुमारी झाँक्री पराजित भएकी छन् ।

एकीकृत समाजवादीले वरिष्ठ सात उपाध्यक्षमध्ये एक उपाध्यक्ष राखेको थियो । जयन्ती पहिले पनि उपाध्यक्ष थिइन् । नतिजा अनुसार महिला उपाध्यक्षमा १८९ मतसहित जयन्ती राई विजयी भएकी छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी रामकुमारी झाँक्री ११२ मत ल्याएर पराजित भइन् ।

मत परिणाम अनुसार मधेशी कलस्टरमा धर्मनाथ प्रसाद शाह १६४ मतसहित विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी रामचन्द्र झाले १४४ मत पाए ।

पदाधिकारीका लागि मंगलबार निर्वाचन भएको थियो । मतगणना गए राति सुरु भएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि