८ माघ २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

वीर अस्पताल कर्मचारी युनियनका सचिव पक्राउ

१२ भाद्र,  काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान कर्मचारी युनियनका सचिव दीपक मुडभरीलाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी वीर अस्पतालभित्र होहल्ला गरेको भन्दै जनसेवा प्रहरीले मंगलबार दिउँसो अस्पताल परिसर पुगेर मुडभरीलाई पक्राउ गरेको हो ।

अस्पतालभित्र पसेर कर्मचारीसँग मनपरी बोलेको, धम्क्याएको, उपचारमा बाधा हुने गरी अवरोध गरेका कारण उनलाई पक्राउ गरेको जनसेवा प्रहरीले जनाएको छ । अस्पतालभित्र होहल्ला गरेपछि अस्पताल प्रशासनले प्रहरी बोलाएको थियो ।

अस्पतालमा आएर होहल्ला गर्ने र धम्क्याउने गरेपछि प्रहरी बोलाएको अस्पताल प्रशासनले जनाएको छ । प्रशासनका अनुसार मादक पदार्थ सेवा गरेर होहल्ला गरेपछि प्रहरी बोलाइएको हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि