६ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार राजनीति समाचार

नेकपा एसको मतगणनास्थलमा विवाद

११ भाद्र, काठमाडौं । नेकपा एकीकृत समाजवादीकाे जारी मतगणनामा विवाद भएकाे छ। तीन जना केन्द्रीय सदस्यलाई मतगणना स्थलमा लगेपछि विवाद भएकाे हाे। नेताहरूले मतगणना स्थलमा हाेहल्ला गरेका छन्।

विवाद भएपछि महासचिव घनश्याम भुसालले सबैलाई बाहिर पठाएर हल खाली गराएका छन्। पदाधिकारी र पोलिटब्युरो सदस्य चयन गर्न भएको मतदानमा ३४४ केन्द्रीय सदस्य रहेकाे नेकपा एसमा ३२२ मत मात्रै खसेको छ।

डेढ महिनाअघि अध्यक्ष, सम्मानित नेता र महासचिव सर्वसम्मत गरेको नेकपा एसले बाँकी पदाधिकारी र पोलिटब्युरो सदस्य चयन गर्न आज मतदान भएको थियाे। मतदान सकिएपछि अहिले पदाधिकारीको मतगणना चलिरहेको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि