२४ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार राजनीति समाचार

मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्कालीन महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ। आज चस्मतिमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए।

झाले भने,‘पार्टी विधानको धारा ५६ (३) बमोजिम पार्टीको साधारण सदस्यसमेत नरहने गरी पदमुक्त गर्ने सर्वसम्मत निर्णय गरिएको छ।’

ढकाललाई रास्वपाले महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट मुक्त गरेको थियो। पार्टीको आचारसंहिता उल्लंघन गरेको र पार्टीलाई क्षतिसमेत पुर्‍याएको भन्दै रास्वपाले ढकाललाई कारबाही गरेको हो।

यस अगाडि कारबाही गर्दा ढकाललाई ३५ दिनको समय दिएर स्पष्टीकरण पेश गर्न मौका रहेको थियो। उनले स्पष्टीकरण पेश गरेपनि निरन्तर पार्टी सभापति रवि लामिछानेलगायत पदाधिकारी तथा केन्द्रीय नेताहरूविरुद्ध गम्भीर आरोप लगाएका थिए।

दोस्रो स्पष्टीकरणको जवाफमा ढकालले पार्टी विधान र आचारसंहिता विपरीत आफूले कुनै काम नगरेको दावी गर्दै लामिछानेको निरङकुशता, व्यक्ति केन्द्रित व्यवहार र सोचबाट पार्टी जोगाउन लागिपरेको जिकिर गरेका छन्। उनले सहकारी,भ्रष्टाचार ,राहदानी दुरूपयोगलगायत प्रकरणमा लामिछाने दोषी करार गर्न आफूसँग प्रमाण भएको दावी गरेका छन्।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि