१३ चैत्र २०८२, शुक्रबार
समाचार

मकवानपुरमा दुई शव फेला, दुवैको हत्या भएको आशंका

१० भदौ,  मकवानपुर । मकवानपुरको छुट्टाछुट्टै स्थानमा आज दुई शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार हेटौँडा उपमहानगरपालिका–१ र वडा नम्बर १० मा एक–एक जनाको शव भेटिएको हो ।

बिहान जिल्लाको हेटौँडा–१, स्थित पाथिभरा मन्दिर नजिकै स्थानीय ७० वर्षीया ठूलीमाया बिक मृत अवस्थामा फेला परेकी थिइन् । उनी आफू सुत्ने कोठामा दुवै कानबाट रगत बगेको अवस्थामा मृत भेटिएकी हुन् । उनको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धानका लागि उनकै नातिलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ ।

हेटौँडा–१०, बसपार्कस्थित रत्ना होटलमा हेटौँडा–११ बस्ने अन्दाजी २३ वर्षीया एलिसा न्यौपाने मृत अवस्थामा भेटिएकी छन् । आइतबार साँझ ५ बजे समयमा उक्त होटलको २०५ नम्बरको कोठामा बस्न आएकी उनी आज बिहान मृत भेटिएकी हुन् ।

न्यौपानेसँगै अन्दाजी ३० वर्षीय एक पुरुष पनि आएर उक्त होटलमा बसेका थिए । तर, ती पुरुष भने राति ९ बजे नै कोठाबाट निस्किएर गएको र ती युवती आज बिहान अबेरसम्म पनि ननिस्किएपछि होटल सञ्चालक नवीन रानामगरले प्रहरीलाई जानकारी गराएका थिए ।

प्राप्त जानकारी लगत्तै पुगेको प्रहरी टोलीले खाटमाथि सिरकले मुख छोपिएको अवस्थामा न्यौपानेको शव फेला परेको बताइएको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । रासस

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि