८ माघ २०८२, बिहीबार
समाचार समाज

क्याफेबाट लागुऔषध विक्री गरेको आरोपमा ४ जना पक्राउ

१० भदौ,  काठमाडौँ । ललितपुरको एक क्याफेबाट लागुऔषध बेचेको आरोपमा प्रहरीले खुकुरीसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुरकै महालक्ष्मी नगरपालिका-६ सानागाउँ बस्ने २९ वर्षीया सबिना महर्जन, सोही ठाउँका २९ वर्षीय समित राजवंशी, महालक्ष्मी-९ का २९ वर्षीय अमल पोख्रेल र गोदावरी नगरपालिका-७ का ३५ वर्षीय पदम लामा छन् ।

पक्राउ परेका मध्ये महर्जन र राजबंशी क्याफे सञ्चालक रहेको प्रहरीले जनाएको छ । लागु औषध सेवन गरेको आरोपमा यसअघि पक्राउ परेका एक व्यक्तिले दिएको सूचनाका आधारमा उक्त क्याफेबाट लागु औषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि