८ माघ २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार समाज

गौरापर्व विशेष समारोहमा नेताहरुविरुद्ध नाराबाजी, देउवा जंगिए

१० भदौ, काठमाडौं । सोमबार सैनिक मन्च टुडिखेलमा आयोजित गौरापर्व विशेष कार्यक्रममा सहभागीहरुले नेताहरु विरुद्ध नाराबाजी गरेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बोल्दैगर्दा नाराबाजी भएपछि देउवा आक्रोशित हुँदै आन्दोलनकारीलाई गाली गरेका थिए । आक्रोशित हुँदै देउवाले भने, ‘जति गर्ने हो गर्नुस् । जति कराउने हो, कराउनुस् ।’

प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति देउवा लगायतका शीर्ष नेता उपस्थित कार्यक्रममा सहभागीहरुले नेताहरु बोल्दा नाराबाजी गरेका थिए । सो क्रममा देउवा ‘लाज छैन’ भन्दै जंगिएका थिए ।

‘यही हो नेपालको चलन ? यही हो सिकेर आएको ?’, देउवाले भने, ‘कार्यक्रम बिथोल्ने, लाज छैन ।’ गौरापर्व खेल्न र हेर्न आएकाहरुको कार्यक्रम बिथोल्न खोजेको भन्दै देउवाले आक्रोश व्यक्त गरेका थिए ।

नाराबाजीका बीच देउवाले आफ्नो सम्बोधन जारी राखेका थिए । देउवा अघि प्रधानमन्त्री ओली बोल्दा पनि नाराबाजी भएको थियो ।
नाराबाजीमा सहभागीहरुले बालेन्द्र शाह(बालेन)लाई नबोलाएकोमा आक्रोश पोखेको बताइन्छ । प्रकृति, संस्कृति, सामाजिकता संरक्षण समूह(प्रशंसा)ले बर्षेनी काठमाडौंमा गौरापर्व विशेष कार्यक्रम गर्दै आइरहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि