६ पुष २०८२, आईतवार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

मुग्लिन-आँबुखैरेनी सडक दिउँसो १ बजेसम्म पनि बन्द

१० भदौ, काठमाडौं । मर्स्याङ्दी नदीमा खसेको भारतीय नम्बरको बस निकाल्न मुग्लिन–आँबुखैरेनी सडकखण्ड आज बिहान साढे ३ घण्टा मात्रै बन्द गर्ने भनिए पनि साढे ६ घण्टासम्म पनि खुलाइएको छैन ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता दिपक कुमार रायले बस निकाल्न नसकिएकाले बाटो खुल्न अझै केही घण्टा समय लाग्ने बताए । ‘एउटा मात्र क्रेनले बस निकाल्न नसकेपछि अर्को क्रेन मगाइएको छ,’ प्रवक्ता रायले भने, ‘बाटो खुल्न अझै केही घण्टा लाग्ने देखियो ।’

स्थानीय प्रहरी प्रशासनले तोकेको समय अवधिभन्दा बढी समयसम्म बाटो बन्द गरेर सवारी आवागमन बन्द गरिएपछि यात्रुहरु अलपत्र परेका छन् ।

यही भदौ ७ गते पोखराबाट भारतीय तिर्थयात्रीहरु लिएर काठमाडौं आउँदै गरेको भारतीय नम्बरको बस आँबुखैरेनी गाउँपालिकाको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । शवहरु संकलन गरी भारत लगिए पनि बस नदीमै छ । त्यसलाई क्रेनको सहायताले निकाल्ने प्रयास भइरहेको छ ।

बस निकाल्न आज बिहान साढे ६ बजेदेखि बिहान १० बजेसम्म सडक पूर्णरुपमा बन्द हुने सूचना जिल्ला प्रशासन कार्यालय तनहुँ र डिभिजन सडक कार्यालयले जारी गरेका थिए । तर दिउँसो १ बजेसम्म पनि बस बाहिर निकाल्न सकिएको छैन र सडक पनि खुलाइएको छैन ।

सडक नखुल्दा सवारी साधनहरुको लामो लाइन लागेको छ । सवारी साधनहरुलाई आँबुखैरेनी र डम्फिनमा रोकेर राखिएको छ ।

सडक बन्द भए पनि विरामीहरुलाई मर्का नपरोस् भनेर सडकका दुवैतर्फ एम्बुलेन्सहरु राखिएका छन् । यदि कोही बिरामी भए उनीहरुलाई वारिपारि गराएर अस्पतालसम्म पुर्याउन सकियोस् भनेर एम्बुलेन्सको व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि