५ चैत्र २०८२, बिहीबार
मुख्‍य समाचार समाचार

चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध उजुरी

९ भदौ, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृ तथा सञ्चारकर्मी ज्वाला संग्रौलाले प्रहरीमा उजुरी दिएकी छन् । प्रसाईंले आफ्नो चरित्रहत्या गरेको भन्दै संग्रौलाले प्रहरीको साइबर ब्युरोमा आइतबार उजुरी हालेकी हुन् ।

आफूले सबै प्रमाणसहित प्रक्रियागत रुपमा उजुरी दिएको संग्रौलाले बताइन् । आज समयाभावका कारण ब्युरोले उजुरी दर्ता गर्न नभ्याएको उनको भनाइ छ । भोलि सार्वजनिक बिदा भएकाले पर्सि कार्यालय समयमा दर्ता गरिने उनलाई प्रहरीले बताएका छन् ।

प्रसाईंले केही दिनअघि एक युट्युब च्यानललाई अन्तर्वार्ता दिँदै ज्वालामाथि लाञ्छना लगाएका थिए । कान्तिपुरको मास्टर हेड दुरुपयोग गर्दै प्रचार गरिएको फेक न्यूज पोस्टका आधारमा प्रसाईंले लाञ्छना लगाएका हुन् । केही समयअघि ‘जापानमा वेश्यावृत्तिमा संलग्न भनिने ज्वाला संग्रौला’ भन्ने टाइटल राखेर उनको तस्विरसहित फोटोसप गरिएको सामग्रीलाई ज्वालाका विरोधीले सामाजिक सञ्जालमा हालेका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि