८ माघ २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

काठमाडौंको गौशालाबाट नेपाली नक्कली नोट खैरो हेरोइनसहित ३ जना पक्राउ

९ भदौ, काठमाडौं।  प्रहरीले काठमाडौंको गौशालाबाट नक्कली नेपाली नोट र खैरो हेराइनसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा गाउँपालिका-५ घर भई हाल काठमाडौं  ९ बस्‍ने ३० वर्षीय  एराजुल हक, इलाको फाकफोकथुङ -३ घर भई हाल काठमाडौं-९ बस्‍ने  ४१ वर्षीय राजेन्द्र भट्टराई र इलामको सूर्योदय नगरपालिका-३ घर भई काठमाडौं-९ बस्‍ने ४७ वर्षीय बोधचन्द्र नामचुङ रहेका छन् ।

उनीहरूलाई काठमाडौंको गौशालाबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

उनका अनुसार उक्त नेपाली नक्कली नोट १ लाख ९५ हजार ५०० बराबरको बरामद गरेको हो ।उनका अनुसार प्रहरीले उनीहरूको साथबाट ७.८१ ग्राम खैरो हेरोइन समेत बरामद गरेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि