८ माघ २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार समाज

बुद्धका दर्शन र सन्देशलाई शिक्षाका माध्यमबाट विस्तार गर्न प्रधानमन्त्रीको जोड

९ भदौ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका दर्शन र सन्देशलाई शिक्षाका माध्यमबाट विस्तार गर्नुपर्ने बताएका छन्। लुम्बिनी बौद्ध विश्वविद्यालयको १६औँ सभा बैठकमा सो विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले विश्व मानव जातिका लागि ऐतिहासिक योगदान दिने बुद्ध दर्शनको रक्षा र विस्तार गर्न नयाँ सोचका साथ खोलिएको यस विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । उनले नेपालीको चेतना, गौरव र इतिहाससँग यो विश्वविद्यालय जोडिएकाले बुद्धले सिकाएका सकारात्मक र मैत्रीचेत अहिले पनि सामयिक भएको बताए ।

“बुद्ध दर्शनको अनुयायी र भिक्षु हुन वस्त्र लगाएर मात्रै हुँदैन । यस्का लागि ज्ञान र मन चाहिन्छ,” प्रधानमन्त्री ओलीले भने, “हामीले बौद्ध दर्शनको शिक्षा सुरु गरेका छौँ । हामीले जीवनलाई सपार्ने गुणस्तरीय शिक्षा दिनुछ । दृढ़ अठोट र निरन्तर प्रयासबाट हामी विकास हासिल गर्न सक्छौँ र सफलतामा पुग्न सक्छौँ ।”शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई सहभागी बैठकले आगामी मङ्सिरमा हुने तेस्रो दीक्षान्तका लागि दुई सय ८५ विद्यार्थीको ‘ग्रेस लिस्ट’का साथै चालू आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट पारित गरेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि