५ चैत्र २०८२, बिहीबार
मुख्‍य समाचार समाचार

मन्त्री आरजु निवास अगाडि शंकास्पद वस्तु भेटियो

९ भाद्र, धनगढी । कैलालीको धनगढीमा नेपाली कांग्रेस नेतृ तथा परराष्ट्र मन्त्री आरजु देउवा निवास अगाडि शंकास्पद वस्तु फेला परेको छ ।

धनगढी उपमहानगरपालिका –४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा निवास अगाडि शनिबार राति शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले पूरानो झोलामा तार बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको बताए । उक्त वस्तु के हो भन्ने नखुलेको उनले बताए ।

शंकास्पद वस्तुलाई निष्क्रिय पार्न नेपाली सेनाको डिस्पोजल टोलीलाई बोलाइने प्रहरीले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि