५ चैत्र २०८२, बिहीबार
मुख्‍य समाचार समाचार

सुख्खा पहिरो खसेपछि पाल्पा बुटवल सडक बन्द

काठमाडौँ । शनिबार दिउँसो सुख्खा पहिरो खसेपछि सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल खण्ड अवरुद्ध भएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका-३ को माथिल्लो सिद्धबाबा क्षेत्रमा खसेको सुख्खा पहिरोले पाल्पा (बुटवल सडक अवरुद्ध भएको हो। ठूला ढुंगासहित खसेको पहिरोले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

सिद्धबाबा सुरुङ मार्गको दुईवटा मेसिनले पहिरो हटाउन सुरु गरे पनि ढुंगासहितको पहिरो ठूलो भएको हुँदा सडक सञ्चालनमा ल्याउन चार/पाँच घण्टा लाग्ने प्रहरीको भनाई छ ।

सडक अवरुद्ध हुँदा दुबै तर्फका सवारीसाधन बाटोमै रोकिएका छन् । अहिले पनि स साना ढुङ्गा खस्ने क्रम जारी रहेको हुँदा पहिरो पन्छाउन समस्या हुनसक्ने प्रहरीले जनाएको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि