२३ फाल्गुन २०८२, शनिबार
राजनीति समाचार

सहकारीको रकम दुरुपयोग गरेको प्रमाण ल्याए राजनीति छाड्छु : रवि लामिछाने

८ भाद्र, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारीको रकम आफूले दुरुपयोग गरेको प्रमाण ल्याए राजनीति छाड्ने बताएका छन् ।

शनिबार चितवनको डडुवामा आयोजित एक कार्यक्रममा उनले आफूले ऋण लिएको प्रमाण छ भनेर संसद्‌मा आवाज उठाउने नेताले १०६ दिन बित्दा समेत त्यो दिन नसकेको उल्लेख गरे । अझै पनि आफूविरुद्ध कुनै प्रमाण देखिए राजनीति छाड्ने उनको भनाइ थियो ।

उनले भ्रष्टाचारको अनुसन्धान र अभियोजनमा हदम्याद स्वीकार्य नहुने पनि बताए । भ्रष्टाचारीलाई जोगाउन हदम्यादसहितको विधेयकलाई बहुमतको बलमा अघि बढाउन खोजिए परिणाम नराम्रो हुने उनले चेतावनी दिए ।

उनले भ्रष्टाचारका विभिन्न फाइललाई आफूले हिम्मतका साथ खोलेकै कारण हदम्यादको विषय आएको जिकिर गरे ।

दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले)को सरकारले जनताका पक्षमा काम गरेर गठबन्धनको औचित्य पुष्टि गर्नुपर्नेमा उनले जोड दिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि