६ फाल्गुन २०८२, बुधबार
अन्तर्राष्ट्रिय समाचार

भारतमा पहिरोमा पुरिएर ४ नेपाली मजदुरको मृत्यु

एजेन्सी- भारतको उत्तराखण्ड राज्यको केदारनाथ नजिक पहिरोमा पुरिएर चार जना नेपाली नागरिकको ज्यान गएको छ ।

गएरातिको अविरल वर्षाका कारण रुद्रप्रयाग जिल्लाको केदारनाथको फाटा हेलिप्याड नजिक पहिरोमा पुरिएर चार जना नेपाली मजदुरको ज्यान गएको ‘द इन्डियन एक्सप्रेस’ले जनाएको छ ।

ज्यान गुमाउनेमा रुद्रप्रयागमा कार्यरत नेपाल घर भएका तुलबहादुर, पूर्ण नेपाली, किश्न परिहार र चिकु बुरा रहेका खबरमा उल्लेख छ । चारै जना हेलिप्याड नजिकैको शिविरमा बसिरहेका बेला पहिरोमा पुरिएका स्थानीय प्रशासनले जनाएको छ ।

उद्धारकर्ताहरूले चारै जनाको शव रुद्रप्रयाग लगेका खबरमा उल्लेख छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि