२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार

शनिबार युवाहरु प्रधानमन्त्री निवास बालुवाटार घेर्ने

काठमाडौं । विभिन्न युवा अभियान्ताहरुको नेतृत्वमा ओली सरकारले भ्रष्टाचारी बचाउने खेलमा लागेको बताउँदै बालुवाटार घेराउ गर्ने उद्घोष गरेका छन् ।

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी भोलि भदौ ८ गते प्रधानमन्त्री निवास बालुवाटार घेराउमा सहभागि हुन आम जनतालाईसमेत आह्वान गरेका छन् ।

अभियान्ताहरु डा.निकोलश भूसाल, हेमराज थापा, अजय श्रेष्ठ, लोकनाथ चुडाल, अमर केसी, बिजय कँडेल, सोम शर्मा, समिरा पोखरेल, अर्जुन पौडेल, खेमराज साउदले ओली–देउबा गठबन्दनले भ्रष्टचारी बचाउन गरेको तिगडमविरुद्ध बालुवाटार घेराउन गर्न लागेको बताएका छन् ।

वक्ताहरुले बिहीबार राति ३ बजे सन्तोस राजावादी लगायतलाई गिरफ्तार गरेर युवा आवाज थुन्न खोजेको र आफू, आफ्ना काला कर्तुत र भ्रष्टचारी जोगाउन ओली सरकार षड्यन्त्रका तानाबाना बुनिरहेको उनिहरुले आरोप लगाएका छन् ।

उनिहरुले ललिता निवास, भूटानी प्रकारण, गिरीबन्धु प्रकरणका दोषी बचाउन र देशलाई असफल बनाउने योजना असफल पार्न बंगलादेशको घटना नेपालमा घटाउने चेतावनीसमेत दिएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि