२४ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार राजनीति समाचार

नेताहरूबारे नकारात्मक कुरा सामाजिक सञ्जालमा नलेख्न एकीकृत समाजवादीको निर्देशन

७ भाद्र , काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टीका नेताहरूबारे नकारात्मक टिप्पणी सामाजिक सञ्जालमा नलेख्न निर्देशन दिएको छ ।

महासचिव घनश्याम भूसालले बिहीबार एक परिपत्र जारी गर्दै मातहतका कमिटीलाई पार्टी नेताहरूबारे सामाजिक सञ्जालमा नकारात्मक नलेख्न र शेयर नगर्न निर्देशन दिएका हुन् ।

‘राजनीतिक व्यक्ति आफूप्रति मात्रै उत्तरदायी भएर पुग्दैन, हामीसँग समाजले, पार्टीले, कमिटीले र अरु कमरेडहरूले पनि उत्तरदायित्वको माग गर्छन् भन्ने कुरा हामीले बुझ्नु पर्छ’ परिपत्रमा भनिएको छ, ‘त्यसैले पार्टी सम्बद्ध कुनै पनि कमरेडले अबदेखि सामाजिक सञ्जालमा पार्टी, कमिटी र अरु कमरेडहरूका बारेमा कुनै पनि नकारात्मक कुराहरू नलेख्न, शेयर नगर्न, बरु आफूलाई लागेका सबै कुरा पार्टी पद्धति अनुसार उठाउन हार्दिक अपिल गरिन्छ ।’

दशौं राष्ट्रिय महाधिवेशनपछि केन्द्रीय सदस्य चयनका क्रममा देखिएको असन्तुष्टिले पार्टीका नेताहरूको मर्यादा समेत नराख्ने गरी सामाजिक सञ्जालमा टिप्पणी भएको पनि परिपत्रमा उल्लेख छ ।v

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि