७ माघ २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

मालपोत कार्यालयका नासु घुस प्रकरणमा दोषी ठहर

६ भदौ, रुपन्देही । घुस प्रकरणमा पक्राउ परेका भूमिसुधार तथा मालपोत कार्यालय कपिलवस्तुका नायव सुव्वा नरहरि खनाललाई विशेष अदालत काठमाडौंले दोषी ठहर गरेको छ ।

विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले खनाललाई दोषी ठहर गरेको हो । अदालतले खनाललाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ बमोजिम कसुर गरेको ठहर गर्दै बिगो बराबरको जरिवाना र ३ महिना कैद सजाय तोकेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० हजार घुससहित पक्राउ परेका भूमिसुधार तथा मालपोत कार्यालय कपिलवस्तुका नायब सुब्बा खनालविरुद्ध गत जेठ १७ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

जग्गा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो ।उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको बिगो जरिवाना सजाय हुन मागदाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरिएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि