२४ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार राजनीति समाचार

बाढी प्रभावितलाई सहयोग गर्न काँग्रेस कैलालीको अपिल

६ भदौ,  कैलाली  ।  नेपाली काँग्रेस कैलालीले वाढी प्रभावितलाई राहत र उद्धारमा सहयोग गर्न पार्टीका भातृसंगठन एवम् शुभेच्छुकहरुलाई  आव्हान गरेको छ ।  पछिल्लो दुई दिन देखिको भारी बर्षका कारण जनजीवन प्रभावित भएको बिषयलाई लिएर नेपाली काँग्रेस कैलालीले प्रेस विज्ञप्ति जारी गदेैसरकार र आफ्ना पार्टीका भातृ संगठनको ध्यानाकषर्ण गराएको हो ।

कैलालीका सबै पालिकामा बर्षाका कारण नदीहरुमा आकस्मिक बाढीको बहाव निरन्तर बढदै गएकाले सडक, पुल लगायत किसानहरुको खेती योग्य जमिन कटान हुँदै गएको समस्या प्रति नेपाली काँग्रेस कैलाली गम्भिर भएकोबारे प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

आम नागरीकको जीवन अहिले संकटमा रहेको हुनाले यस बिपतको बेलामा वाढीवाट प्रभावित जनतालाई राहत र उद्धारमा सहयोग गर्न नेपाली काँग्रेस कैलाली प्रविबद्ध रहेको काँग्रेस कैलालीका पार्टी सचिव नृप बहादुर सुनारको हस्ताक्षरीत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नदीहरुमा पानीको वहाब बढीरहेको हुँदा तटिय क्षेत्र आसपासमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कताका अपनाउन विज्ञप्ति मार्फत अपिल गरेका छन् । साथै तीन तहकै सरकार , सामाजिक संघ संस्था र नागरिक स्वयंलाई विपत्तिको सामना गर्न समेत अपिल गरीएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि