१० पुष २०८२, बिहीबार
कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

हुम्ला जिप दुर्घटनाका एक घाइतेको उपचारका क्रममा मृत्यु

६ भदौ, सुर्खेत । हुम्ला जिप दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुगुको छायाँनाथ रारा नगरपालिका–१ का ३५ वर्षीय रमेश मल्ल छन्।

मल्लको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा बुधवार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए । मल्ल उक्त जिपका मालिक हुन् ।

दुर्घटनामा गम्भीर घाइते भएका रमेश मल्लसहित चार जनालाई बुधवार बेलुका मात्रै हेलिकप्टरमार्फत प्रदेश अस्पताल ल्याइएको थियो । हुम्लाको चङ्खेली गाउँपालिका–२, गर्खाबाट देउली बजारतर्फ गइरहेको कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जिप गौरीसल्लामा दुर्घटनामा परेको थियो ।

उक्त दुर्घटनामा घाइते भएका ७ जनामध्ये चार जना गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएकाहरूलाई थप उपचारका लागि सुर्खेत ल्याइएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि