६ फाल्गुन २०८२, बुधबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

चीनको कोइला खानी दुर्घटनामा परी मृत्यु हुनेको संख्या आठ पुग्यो

चेङ्दु (चीन) । चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तमा बुधबार एउटा कोइला खानी दुर्घटनामा परी मृत्यु हुनेको संखया आठ पुगेको स्थानीय आपत्कालीन व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

बुधबार बिहान करिब १० बजे सिचुआनको लेसान सहरको वुटोङकियाओ जिल्लामा रहेको कोइला खानीमा एयर शाफ्ट सिल गर्ने क्रममा आठ कामदार फसेका थिए ।

बुधबार दिउँसो २ बजेसम्म सातजनाको मृत्यु भएको पुष्टि भएको थियो । साँझ ७ बजे थप एकको मृत्यु भएको वुटोङकियाओ जिल्लाको आपत्कालीन व्यवस्थापन ब्युरोले जनाएको छ ।

दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ । रासस/सिन्ह्वा

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि