६ चैत्र २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

कैलालीको कैलारी डुबानमा

५ भाद्र, काठमाडौं । कैलालीको कैलारी डुबानमा परेको छ । कैलारी गाँउपालिका-५ पुरानो मनिकापुर बस्तीमा रहेका २४ घरधुरी डुबानमा परेका हुन् ।

बुधबारको अविरल वर्षाका कारण कटैनी नदीको बहाब बढेर पुरानो मनिकापुर बस्तीमा रहेका २४ घरधुरी डुबानमा परेका र १९ घरधुरीका ११६ जना आफ्नै घरको माथिल्लो तला र आफन्तको घरमा सुरक्षित भएर बसिरहेका जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।

त्यसैगरी ५ घरधुरीका १० जनालाई स्थानान्तरण गरी ५ नम्बर वडा कार्यालयमा राखिएको छ । प्रहरीका अनुसार उक्त वडाकी ४० वर्षकी आसीदेवी चौधरी ५० वर्षकी समली चौधरी, ५५ वर्षकी सितलदेवी चौधरी, ६८ वर्षका सान्ताराम चौधरी, ७० वर्षका टिकाराम चौधरी, ५१ वर्षका रामजशनी चौधरी, ९ वर्षका रुनम चौधरी, १० वर्षका साहिल चौधरी, ७० वर्षकी सुरनी चौधरी र ७१ वर्षका कोल्ला चौधरीलाई वडा कार्यालयमा राखिएको हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि